आज (शनिबार) देशका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज अपराह्नपछि मध्य क्षेत्रका पहाड, पश्चिम पहाडका एक-दुई स्थान र पूर्वका पहाड-तराई दुवै भेगमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना छ।
‘यसबाहेक पश्चिम र मध्यका तराईमा भने आज मौसम सामान्यतया सफा रहने देखिन्छ,’ शनिबार बिहान उनले भने।
आज अपराह्नपछि काठमाडौं उपत्यकाका पनि निश्चित केही ठाउँमा क्षणिक वर्षा हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) पहाडी क्षेत्रमा सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
3
Shares

प्रतिक्रिया