छापा खबर


१४ वर्षीया बालिका गर्भवती भएपछि शिक्षकसहित चार जनाले यौन शोषण गर्दै आएको खुलासा, तीन पक्राउ

१४ वर्षीया बालिका गर्भवती भएपछि शिक्षकसहित चार जनाले यौन शोषण गर्दै आएको खुलासा, तीन पक्राउ

नेपालखबर
जेठ ३, २०७७ शनिबार १:१२,

धनकुटामा एक बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

धनकुटा नगरपालिकाकी १४ वर्षीया दलित बालिकालाई पटकपटक यौन शोषण गरेको आरोपमा धनकुटा ६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदर्शन कोइरालाले जानकारी दिए।

बालिकालाई यौन शोषणको आरोप लागेका शिक्षक मदन अधिकारी भने फरार रहेका खबर आजको राजधानी दैनिकमा धनकुटाबाट रबिन कटेलले लेखेका छन्।

पीडित पक्षले अधिकारी, अत्री, श्रेष्ठ र मगरले बालिकालाई यौन शोषण गर्दै आएको भन्दै प्रहरीमा जाहेरी दिएपछि आरोपी तीनजना पक्राउ परेका हुन्। फरार अधिकारी स्थानीय गोकुण्डेश्वर स्कुलका शिक्षक हुन्।

उनीहरुले ती बालिकालाई ६ महिनाभन्दा अघिदेखि ललाइफकाई पटकपटक यौन शोषण गर्दै आएको आरोप छ।

बालिका गर्भवती भएर अस्वाभाविक रुपमा पेट बढेपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य बाहिरिएको हो।

स्वास्थ्य परीक्षणको क्रममा बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको पत्ता लागेको धनकुटा जिल्ला अस्पतालका प्रमुख पुजन विश्वकर्माले जानकारी दिए।

महिला अधिकारकर्मी कोपिला शंकरका अनुसार उनीहरुले बालिकालाई ५०/१०० रुपैयाँ दिएर ६ महिनादेखि घर र जंगलमा लगि बलात्कार गर्दै आएका थिए।

‘अरु कसैलाई नभन्नु भनेर बालिकालाई दबाब दिँदै आएका रहेछन्,’ उनले भनिन्, ‘गर्भ बसेर पेट बढ्नाले मात्र घटना थाहा भयो, नत्र गुपचुप रहने रहेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad