शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गरेकामध्ये ४९ जनाकाे रिपाेर्ट नेगेटिभ आएको छ।
सो अस्पतालमा उपचाररत् ६ वर्षीय बालिकामा बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि ७८ जनाको कोरोना परीक्षण गर्न राष्ट्रिय प्रयोगशाला टेकुमा स्वाब (नमूना) पठाइएको थियो।
तीमध्ये शुक्रबार ४९ जना स्वास्थ्यकर्मीको रिपोर्ट आउँदा कसैमा पनि संक्रमण नदेखिएको अस्पतालको कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले नेपालखबरलाई बताए।
ती बालिकाले उपचार गराइरहेको वार्डमा संलग्न डाक्टर नर्स, ल्याबका कर्मचारी र सरसफाईकर्मी सहितको नमूना जाँच गरिएको हो।

प्रतिक्रिया