समाज


तीन सातामा २३ स्थानमा देखियो बर्डफ्लु

तीन सातामा २३ स्थानमा देखियो बर्डफ्लु

नेपालखबर
चैत २३, २०८२ सोमबार १४:७, काठमाडौँ

पछिल्लो तीन सातामा देशका २३ स्थानमा बर्डफ्लु देखिएको छ। 

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए। चैतअघि यस वर्ष बर्डफ्लु देखिएको थिएन। 

यस वर्ष पहिलोपटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो। यो महिना देशका पाँच जिल्लामा बर्डफ्लु देखिएको हो। 

डा. दाहालका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई स्थान, चितवनमा एक स्थान र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ। बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदिएको उनले जानकारी दिए। 

काठमाडौँको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्डफ्लु देखिएको थियो। सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपन्छी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा. दाहालले बताए। 

बर्डफ्लु देखिएका स्थानमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ। “बर्डफ्लु देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपन्छीलाई नष्ट गर्ने काम गरेको छ,’ उनले भने। 

सरकारले बर्डफ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्छ। त्यसबापत किसानलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad