समाज


मुगु केन्द्रबिन्दु भएर भूकम्प

मुगु केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
चैत १८, २०८२ बुधबार ७:४०, काठमाडौँ

मुगुको धैनाकोट आसपास केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २:२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार ५ म्याग्निच्युडभन्दा तलका भूकम्पले क्षति हुने सम्भावना खासै हुँदैन।

पश्चिम नेपालमा यस्ता सानातिना भूकम्प बारम्बार गइरहेका छन्। 

यसअघि बिहीबार मात्र दार्चुलाको मुराईआसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसैगरी यही चैत ९ गते बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ४.१ र सोही दिन दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएका थिए। 

यस्तै चैत ३ गते पनि दार्चुलाकै सिटौला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युड, गत पुस ५ गते दार्चुलाकै शैल्यशिखर केन्द्रबिन्दु भएर ३ दशमलव ४ म्याग्निच्युडका भूकम्प गएका थिए। 

त्यसअघि गत मंसिर २४ गते राति  दार्चुलाकै उत्तरी केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युड तथा मंसिर २१ गते दार्चुलाकै घुसा आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडका भूकम्प गएका थिए।

यस्तै गत कात्तिक २४ गते पनि दार्चुलाकै शैल्यशिखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो भने कात्तिक २१ गते दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो। 

त्यसैगरी गत मंसिर १४ गते बझाङको सैपाल आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसअघि गएको कात्तिक ६ गते बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने असोज २९ गते राति बझाङमै ४ दशमलव ९ म्याग्निच्युडको भूकम्पको गएको थियो। 

भूकम्पविद्हरूका अनुसार नेपाल आफैँमा भूकम्पीय जोखिम भएको मुलुक हो।  

त्यसमा पनि सबैभन्दा बढी जोखिममा पश्चिम नेपाल रहेको भूकम्पविद् बताउँछन्।

पश्चिम नेपालमा ५०० वर्षयता ठुलो भूकम्प नगएका कारण त्यसक्षेत्रको भूगर्भभित्र ठुलो भूकम्प जाने शक्ति सञ्चित भएर बसेको भूकम्पविद्को भनाइ छ। 

      प्रतिक्रिया

      नेपाल खबर प्रा.लि
      सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

      Nepal Khabar Pvt. Ltd.

      Blue Star Complex
      Thapathali-11, Kathmandu, Nepal
      +977 01 5340505 / 5341389
      Admin:[email protected]
      News:[email protected]

      विज्ञापनका लागि सम्पर्क


      +977 9851081116
      [email protected]
      Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
      ad ad