समाज


कुल कोरोना संक्रमितमध्ये ६ जना सुरक्षाकर्मी

कुल कोरोना संक्रमितमध्ये ६ जना सुरक्षाकर्मी

नेपालखबर
जेठ १, २०७७ बिहिबार ९:५८,

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुग्दा ६ जना सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ।

नेपाल प्रहरीका २, सशस्त्र प्रहरीका ३ र एक जना राष्ट्रिय अनुसन्धानका व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

बुधबार कपिलवस्तुमा मात्रै ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियाे। उनीहरु कृष्णनगरको बोर्डरमा कार्यरत थिए।

 कपिलवस्तुमा संक्रमण देखिएकामा नेपाल प्रहरीका एक जना सहायक निरीक्षक (सई), एक हवल्दार, सशस्त्रका सहायक निरीक्षक (सई) र राष्ट्रिय अनुसन्धानका एक जना रहेका छन्। संक्रमित चारै जना कृष्णनगर नाकामा कार्यरत थिए।

संक्रमित सुरक्षाकर्मीलाई तौलिहवामा लगिएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशमसेर जबराले बताए। उनीहरुमा भारतबाट आएका व्यक्तिबाट संक्रमण भएको अनुमान गरिएको छ। ‘संक्रमित सुरक्षाकर्मीलाई उपचारका लागि तौलिहवा लगिएको छ’, एसपी जबराले नेपालखबरसँग भने, ‘उनीहरुमा भारतबाट आएका व्यक्तिहरुबाट काेराेना सरेको अनुमान गरिएको छ।’

लकडाउनबीच कृष्णनगर नाकाबाट मात्रै करिब ५ देखि ७ हजार जना नेपाल भित्रिएको एसपी जबराले अनुमान गरे। 

उनका अनुसार किटको अभावमा संक्रमित सुरक्षाकर्मी कार्यरत अन्यको परीक्षण हुन सकेको छैन।

कपिलवस्तुमा केही दिनदेखि किट अभाव भए पनि किट नपुगेको बताइएको छ। त्यहाँ हालसम्म ३ सय जनाको परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ।

सशस्त्रका अरु दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ। पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एक र सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा कार्यरत एक जना जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad