समाज


पानी मुनिबाट पेस्तोल बरामद

पानी मुनिबाट पेस्तोल बरामद

नेपालखबर
जेठ १, २०७७ बिहिबार ९:४१,

महोत्तरीको जलेश्वर–मटिहानी सडकखण्डमा पर्ने जलसागर पोखरीबाट सशस्त्र प्रहरी नलकटुवा पेस्तोल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वाटर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीका अनुसार बुधबार प्राप्त गोप्य सूचनाका आधारमा मटिहानी नगरपालिका–९ अवस्थित जलसागर पोखरीबाट एक थान नलकटुवा पेस्तोल बरामद गरिएको हो।

होम मेड तथा चालु अवस्थामा रहेको सो नलकटुवा पेस्तोल पानीमुनि रहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ तर त्यसमा कुनै गोली नरहेको जनाइएको छ। प्राप्त नलकटुवा पेस्तोल सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad