समाज


कपिलवस्तु प्रहरीलाई भित्र थुनेर चौकीमा तालाबन्दी

कपिलवस्तु प्रहरीलाई भित्र थुनेर चौकीमा तालाबन्दी

नेपालखबर
जेठ १, २०७७ बिहिबार ९:३६,

कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन्।

प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगंगा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन्। वाणगंगा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन्।

स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करिब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो। पीडित बालिकाहरुले आफूहरुलाई अभियुक्तले यौन दुव्र्यहार गरेको प्रहरीसमक्ष बयान दिएका थिए। उनीहरुले पीडितले न्याय पाउनैपर्छ भन्दै नाराबाजी गर्दै प्रहरीलाई भित्र थुनेर चौकीमा ताला लगाइदिएका छन्।

प्रहरीले पीडकसंँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाको आरोप छ। जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ छ।

सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरुले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन्। एक अभियुक्त छुटे पनि अर्कालाई अझै अदालतमा पेश गरिएको छैन। इलाका प्रहरी कार्यालय पिपराले अदालतसमक्ष सरकारी वकिलमार्फत पेश गर्दा जबर्जस्ती करणी गरेको भनेर पेश गरेको थियो।

महिला अधिकारकर्मी चेतना अधिकारीले प्रहरीले अभियुक्तसंँग मिलेमतो गरेर कमजोर मुद्दा चलाएको आरोप लगाइन्। इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले पीडितको जाहेरीअनुसार मुद्दा चलाइएको प्रतिक्रिया दिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad