समाज


दैलेखको खाद्य डिपोमा चामल सकियो

दैलेखको खाद्य डिपोमा चामल सकियो

नेपालखबर
जेठ १, २०७७ बिहिबार ९:३,

जिल्लाभरको खाद्यान्न संकट समाधानका लागि स्थापना भएको दैलेखको खाद्य डिपोमा आएको यो वर्षको कोटाअनुसारको चामल वैशाखमै सकिएपछि थप चामलको बढाइदिन माग गरिएको छ।

लकडाउनका कारण र खाद्यान्न संकट बढ्न थालेपछि गोदामबाटै धमाधम चामल बिक्री भएको छ। सदरमुकामभन्दा सस्तोमा गुणस्तरीय चामल पाएपछि जनतालाई राहतसमेत भएको छ।

वैशाखसम्म आएको दुई हजार २०० क्विन्टल चामलमध्ये दुई हजार क्विन्टल चामल बिक्री भइसकेको छ। बचेको २०० क्विन्टल चामल, आपतकालीन अवस्था र कारागारका लागि मौज्दात राख्नुपर्ने देखिएपछि चामलको कोटा थप गर्न सम्बन्धित स्थानमा दैलेख शाखाले परिपत्र गरिसकेको संस्थानका प्रमुख रणबहादुर ऐरीले जानकारी दिए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेख शाखामा यो वर्षका लागि दुई हजार २०० क्विन्टल कोटा निर्धारण गरिएको थियो। कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लकडाउनको घोषणासँगै बजारमा भन्दा खाद्य संस्थानमा सस्तो र राम्रो चामल पाइएपछि खरिद गर्नेहरुको सङ्ख्या एक्कासी बढेको स्थानीय श्याम रानाले जानकारी दिए।

लकडाउनसँगै पहाडी जिल्लामा गरिब, विपन्न र दैनिक मजदुरी गरेर जीवन गुजारा गर्नेलाई खाद्यान्नको जोहो गर्न हम्मेहम्मे परेको छ। जिल्लाका विभिन्न दुर्गम पालिका नौमुले, आठबीस र भगवतीमाई गाउँपालिका असिनापीडित क्षेत्र भएको भन्दै पालिकाले सिधैँ संस्थानबाट चामल खरिद गरेर विपन्न परिवार र किसानलाई वितरण गर्ने काम थालनी गरेका छन्। आपतमा परेका व्यक्तिका लागि भनेर १० पालिकाले गरिब, विपन्न र मजदुरी गरेर जीवन गुजारा गर्नेको तथ्यांक संकलन गर्दै राहत वितरण कार्यलाई पनि निरन्तरता दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad