अवैध ढंगले नदीजन्य पदार्थ ओसार पसार गरिरहेका तीनवटा सवारी साधनलाई प्रहरीले तनहुँबाट नियन्त्रणमा लिएको छ।
गएराति तनहुँको बन्दिपुर गाउँपालिका-६ बगरखोलाबाट ती सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अवैध रुपमा गिट्टी लोड गरि लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सारङघाटबाट खटिएको प्रहरी टोलीले एउटा जेसीभी र दुईवटा टिपर नियन्त्रणमा लिएको हो।
लु.१ क ३२४१ नम्बरको जेसीबी, ग.१ क ५४४२ र ग.१ ख ७४३६ नम्बरको टिपर नियन्त्रणमा लिएर बन्दिपुर गाउँपालिकामा बुझाइएको प्रहरीले जनाएको छ।
129
Shares

प्रतिक्रिया