समाज


सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १ घाइते

सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १ घाइते

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०८२ मंगलबार १२:३४, काठमाडौँ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

सर्लाही, चितवन, पर्वत, डोटी लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सर्लाहीको मलंगवा नगरपालिका-४ ढाका बोर्डरमा ट्याक्टरबाट खसरेर एक जनाको मृत्यु भएको छ। 

स्थानीय पानीट्याङ्कीबाट गम्हरीयातर्फ जाँदै गरेको ज.१ त ६४२५ नम्बरको ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय श्यामलाल पासवान छन्। 

गएराति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरि चितवनको रत्ननगर नगरपालिका-१ निपनी चोकमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

लु.२ ख २८९४ नम्बरको ट्याङ्करले ना.५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका-७ बस्ने ३५ वर्षीया मिना रेग्मीको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनापछि ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी चितवनको इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। 

बागमती प्रदेश ०२-०१६ प ९६८९ नम्बरको स्कुटरलाई प्रदेश १-०२-००१ क ४५३३ नम्बरको मिक्चर गाडीले सोमबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका-८ बस्ने ४२ वर्षीया अम्ब कुमारी श्रेष्ठ रहेकी छन्। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको। 

हाल फरार मिक्चर गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।

त्यसैगरि पर्वतको फलेबास नगरपालिका-४ मुडिकुवामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

कुश्माबाट खानीगाउँतर्फ जाँदै गरेको ग.१ ज ८०२९ नम्बरको जिप सोमबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-५
खानीगाउँ बस्ने ३५ वर्षीय संन्जन परियारको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कुश्मामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि डोटीको आदर्श गाउँपालिका-६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ च ३९२३ नम्बरको जिप अनियन्त्रित भई गएराति दुर्घटना भएको हो। 

दुर्घटनामा जिप चालक सोही गाउँपालिका-३ काँडीस्याउले बस्ने २२ वर्षीय सुबोध रोकाया र जिपमा सवार १९ वर्षीय कैलाश विको मृत्यु भएको प्रहरीले जनाएको छ।

यी सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad