विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन्। दाङ, संखुवासभा, चितवन र सल्यानमा पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
दाङको बंगलाचुली गाउँपालिका-६ सिउडेस्थित जंगलमा एक वृद्धको शव भेटिएको छ।
उक्त शव बंगलाचुली गाउँपालिका-६ अमारे बस्ने ७० वर्षीय बिष्णु पौडेलको रहेको प्रहरीले जनाएको छ।
उनको शव शनिबार फेला परेको हो।
त्यसैगरि दाङकै राजपुर गाउँपालिका-७ भैसाही नाकामा पनि एउटा शव भेटिएको छ।
हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका हुन्।
त्यसैगरि सल्यानको बागचौर नगरपालिका-९ लिउरेबारी बस्ने ५३ वर्षीय प्रेम बहादुर खड्का पनि मृत फेला परेका छन्।
स्थानीय खरबारीमा शनिबार उनी मृत अवस्थामा फेला परेका हुन्।
त्यसैगरि संखुवासभाको मादी नगरपालिका-४ सिर्जुङ बस्ने ४९ वर्षीया माया कुमारी भुजेल पनि मृत भेटिएकी छन्।
आफ्नै घर नजिकै आइतबार उनी मृत अवस्थामा फेला परेकी हुन्।
त्यसैगरि चितवनको माडी नगरपालिका-१ कल्याणपुरमा सोही ठाउँ बस्ने ४५ वर्षीयघन श्याम पाण्डे मृत फेला परेका छन्।
उनी आइतबार मृत अवस्थामा फेला परेका हुन्।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ जनाएको छ।
Shares

प्रतिक्रिया