सिन्धुलीमा भालुले आक्रमण गर्दा एक जना घाइते भएका छन्।
शनिबार दुधौली नगरपालिका ११ टाडी बस्ने ४१ वर्षीय सहदेव अधिकारीलाई भालुले आक्रमण गरेको हो।
घर नजिकै जंगलमा घास काट्ने क्रममा उनलाई भालुले आक्रमण गरेको आफन्तले बताएका छन्।
भालुले उनलाई दाहिने खुट्टाको फिलामा टोकेको छ। उनलाई उपचारको लागि सुरुमा नगर अस्पताल सिर्थौली लगिएको थियो।
त्यहाँ सामान्य उपचार पश्चात थप उपचारको राति नै जिल्ला अस्पताल सिन्धुली लगिएको प्रहरीले जनाएको छ।
39
Shares

प्रतिक्रिया