ad ad

समाज


अस्पतालमा आइसोलेसन बेड अभाव भएपछि संक्रमितको उपचार क्वारेन्टिनमा

अस्पतालमा आइसोलेसन बेड अभाव भएपछि संक्रमितको उपचार क्वारेन्टिनमा

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १३:३९,

पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा आइसोलेसन वार्ड अपुग भएपछि कोरोना संक्रमितको उपचार क्वारेन्टिनमै राखेर गरिने भएको छ।

मंगलबार थपिएका पर्साका १८ जना संक्रमितमध्ये १७ जनालाई क्वारेन्टिनमा राखेर उपचार गर्न लागिएको अस्पतालले जनाएको छ। एक जना लाई भने अस्पताल भर्ना गरिएको छ। नारायणी अस्पतालमा रहेको आइसोलेसन बेड भरिएपछि नयाँ संक्रमितलाई राख्न नसकिएको अस्पतालले स्रोतले जनाएको छ।

१७ जना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा राखेर उपचार गरिनेछ। संक्रमितहरु अहिले आ आफ्नै घरमा प्रहरीको निगरानीमा रहेका छन्।

नारायणी अस्पतालमा ७० वटा आइसोलेसन बेड छन्। जसमा ६९ जना कोरोना संक्रमित उपचारत छन्। मंगलबार बिहान ३९ र साँझ १८ जना गरी एकै दिन ७५ जना संक्रमित थपिएपछि समस्या परेको हो। अस्पतालमा उपचाररत दुई जना बुधबार अस्पतालबाट भागेका थिए।

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित फिल्म हलमा भेटिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .