ad ad

समाज


प्रदुषण घट्दा मनसुन बलियो हुने अनुमान

प्रदुषण घट्दा मनसुन बलियो हुने अनुमान

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १३:१४,

कोरोना भाइरस महामारीका कारण विश्वका थुप्रै स्थानमा लडकाउन गरिएको छ। यसको असर वातावरणमा परेको छ।

प्रदुषण कम हुँदा यो वर्ष तापक्रम बढ्ने र बर्खामा भारी वर्षा हुने अनुमान वैज्ञानिकहरुले गरेका छन्।

एसिया, युरोप र अमेरिकामा कारखाना बन्द र सडक खाली हुँदा वायु प्रदुषण ६० प्रतिशतसम्मले कम भएको छ। तुवाँलो कम हुँदा आकाश बढी नीलो बनेको छ। उत्तरी भारतका बासिन्दाले ३० वर्षमा पहिलो पटक हिमालयको दृश्य देख्न पाएका छन्।

प्रदुषण कम भएसँगै सूर्यको प्रकाश पृथ्वीको सतहसम्म बढी आइपुग्ने हुनाले तापक्रम बढ्ने छ।

एसियामा प्रदुषण कम हुँदा भारी मनसुन वर्षा हुने युनिभर्सिटी अफ रिडिङकी जलवायु वैज्ञानिक लाउरा विलकक्सको अनुमान छ। द गार्जियन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .