समाज


नगरपालिकाका कोही पनि भोकै नपरुन् भनेर कीर्तिपुरले बनायो भोक निवारण द्रूत कार्य समूह

नगरपालिकाका कोही पनि भोकै नपरुन् भनेर कीर्तिपुरले बनायो भोक निवारण द्रूत कार्य समूह

समुन्द्रा घिमिरे
बैशाख ३१, २०७७ बुधबार १०:३३,

कीर्तिपुर नगरपालिकाले नगरभित्र बसोबास गर्ने व्यक्ति भोकै नपरुन् भनेर खानाको व्यवस्थापन गर्न द्रूत कार्य समूह गठन गरेको छ।

लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्ने, बाहिर जिल्लाबाट आएका र नगरपालिकाका विपन्न घरपरिवारको समस्यालाई ध्यानमा राख्दै खाद्य पदार्थको व्यवस्थापनका लागि उक्त समूह गठन गरिएको जनाइएको छ।

नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार अप्ठेरोमा परेका व्यक्तिलाई सम्पर्क गर्दै खाद्य पदार्थ होम डेलिभरी गर्ने गरिएको छ। ‘हामीले दू्रत कार्य समूह गठन गरेर खाद्य पदार्थको व्यवस्थापन गरेका छौँ, उपभोक्ताले समस्या भयो भनेर फोन गरेपछि आवश्यकताअनुसारको खाद्य पदार्थ लिएर हामी घरमै पुग्छौँ,’ प्रवक्ता रिजालले भने, ‘हामीले पहिलो र दोस्रो चरणको राहत वितरण सकेर होम डेलिभरी गरेका हौँ, दू्रत कार्य समूहबाट खाद्य व्यवस्थापन र डेलिभरी व्यवस्थापन उपसमिति बनाएर खाद्य पदार्थको होम डेलिभरी गर्ने गरिएको छ।’

समूहका संयोजक रिजालका अनुसार पहिलो चरणमा चार हजार एक सय र दोस्रो चरणमा तीन हजार ५७५ घरपरिवारलाई राहत वितरण सकेर समस्यामा परेका मजदूर तथा न्यून वर्गका उपभोक्तालाई घरघरमै खाद्य पदार्थ पु¥याउँदै आइएको हो।

दुई लाख रुपैयाँ सहयोग
कीर्तिपुर घर भई अमेरिकामा बसोबास गर्दै आएका नेपालीको समूहले नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा राहत व्यवस्थापन आकस्मिक राहत कोषमा रु दुई लाख सहयोग गरेका छन्।

अमेरिकाका विभिन्न शहरमा बसोबास गरेका ३७ जनाले रु दुई लाख ६८ हजार सहयोग गरेका हुन्। ती रकममध्ये रु दुई लाख राहत कोष, रु ५० हजार निःशुल्क खाना खुवाउने युवा र बाँकी सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ। वडानम्बर ४ का वडाअध्यक्ष राजेन्द्र बानियाँमार्फत मंगलबार उक्त रकम हस्तान्तरण गरिएको हो।

कृषिमा अनुदान
नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहुलियत रुपमा मल र बीउ वितरणको तयारी गरिएको छ। पचास प्रतिशत अनुदानमा नगरपालिकाले एक हजार ४५० बोरा रासायनिक मल, तीन प्रकारका धानका बीउ र तरकारीका बिरुवा कृषकलाई दिने तयारी गरेको छ।

प्रवक्ता रिजालका अनुसार नगरपालिका र कृषकले आधाआधा व्यहोर्ने गरी मल र धानको बीउ खरिद गरिएको हो। नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर अनुदानलगायत अन्य सहुलियत ल्याउने गरेको र अनुदानमा तरकारीको विरुवा उपलब्ध गराउने तयारी गरिएको उनले जानकारी दिए।

२५ लाख सहयोग जुट्यो
नगरपालिका राहत कोषमा मंगलबारसम्म विभिन्न संघसंस्था तथा व्यक्तिगत रुपमा रु २५ लाख सहयोग भएको छ। नगदसँग खाद्यपदार्थ र स्वास्थ्य सामग्री समेत आउने गरेको विपद् व्यवस्थापन शाखाले जनाएको छ।

राहत कोषमा नगरपालिकाले दुई चरणमा गरेर रु एक करोड ५० लाख जम्मा गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad