समाज


डीएसपीमाथि सीमा चौकीमै हातपात, ३३ सशस्त्र प्रहरी एकैसाथ तानिए

डीएसपीमाथि सीमा चौकीमै हातपात, ३३ सशस्त्र प्रहरी एकैसाथ तानिए

गोकुल जोशी
चैत ५, २०८२ बिहिबार १३:३९, कञ्चनपुर

कैलालीको खक्रौला नाकामा बिलसहितको सामान बरामद गरेको विषयलाई लिएर सशस्त्र प्रहरी र व्यवसायीबीच  विवाद भएको छ। मंगलबार साँझ टीकापुरको एसजीए ट्रेडर्सले ल्याएको सामानलाई सशस्त्रको बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) टोलीले 'अवैध' भन्दै नियन्त्रणमा लिएपछि तनाव भएको हो।

टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले सशस्त्रले व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाए। 'भन्सार तिरेर ल्याइएको सामानलाई अवैध भन्दै बरामद गर्नु सरासर ज्यादती हो। सीमाको तस्करी रोक्नु प्रशासनको काम हो तर वैध व्यवसायीलाई हैरान पार्न पाइँदैन', उनले बताए।

विवाद बढ्दै जाँदा बुधबार बीओपीमै पुगेको एक समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनापछि सशस्त्र प्रहरी बलको ७ नं. वैद्यनाथ बाहिनीले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।

बाहिनीले बीओपीका ३३ जना सुरक्षाकर्मीलाई धनगढीस्थित गणमा तान्न निर्देशन दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad