ad ad

समाज


भारतले नेपाली भूमि मिचेको लिपुलेक क्षेत्रमा पुग्यो सशस्त्र प्रहरीको टोली

भारतले नेपाली भूमि मिचेको लिपुलेक क्षेत्रमा पुग्यो सशस्त्र प्रहरीको टोली

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ८:३६,

भारतले सीमा मिचेर सडक निर्माण गरेको क्षेत्रमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक सहितको टोली पुगेको छ।

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्न गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित सशस्त्रका एआईजी नारायणबहादुर थापा टोली लिएर त्यहाँ पुगेका छन्।

नेपाली सेनाको हेलिकोप्टरमा दुई पटकमा गरेर खलंगाबाट टोली छाङरु गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए। छाङरुको बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको कमान्डमा २५ जना सशस्त्रको टोली रहनेछ। यो पोस्ट भारतले सडक निर्माण गरेभन्दा १३ किलो मिटर तल पर्छ।

सोही क्षेत्रमा नेपाल प्रहरीको पनि ९ जनाको टोली रहने छ। त्यो टोली पनि बुधबार नै हेलिकोप्टरमा त्यहाँ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .