समाज


पेट्रोलियम पदार्थको मूल्य बढेपछि गाडी भाडा बढाउन व्यवसायीको माग

पेट्रोलियम पदार्थको मूल्य बढेपछि गाडी भाडा बढाउन व्यवसायीको माग

नेपालखबर
चैत २, २०८२ सोमबार १५:३५, काठमाडौँ

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले पनि गाडी भाडा बढाउन माग गरेका छन्। 

सोमबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रेस विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा एकाएक भारी मूल्य वृद्धिले देशभरका यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी र सरोकारवाला सबै पक्षलाई प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको उल्लेख गरिएको छ। 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको गर्नुको साटो आन्तरिक चुहावट नियन्त्रण गर्न महासंघले सचेत गराएको छ। ‘नेपाल आयल निमग भित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकार समक्ष यस महासंघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

यस्तै महासंघले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै लोमो दूरीको सार्वजनिक यातायातको भाडा बढाउन माग गरेको छ। ‘तत्काल वैज्ञानिक विधिबाट संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तरगतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशिघ्र भाडा समायोजन गरिदिन हुन यसै प्रेस विज्ञप्तिमार्फत नेपाल सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गराउँद छौँ,’ महासंघले भनेको छ। 

मध्यपूर्वको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। त्यससँगै निगमले पनि डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ मूल्य बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad