काठमाडौँबाट स्रोत नखुलेको रकमसहित दुई युवक पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजार ८४० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँको कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ छन्।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२-५२ प ६९९४ नम्बरको स्कुटर रोकेर उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई खानतलासी गर्दा स्रोत नखुलेको नगद भेटिएपछि पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
240
Shares

प्रतिक्रिया