राजनीति


रास्वपाले टुंग्यायो समानुपातिकबाट सांसद बन्नेको नाम

रास्वपाले टुंग्यायो समानुपातिकबाट सांसद बन्नेको नाम

नेपालखबर
चैत १, २०८२ आइतबार १३:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने बन्ने ५७ जनाको नाम टुंग्याएको छ।

केहीबेरअघि केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले समानुपातिकबाट सांसद बन्नेको सूची चयार गरेको प्रवक्ता मनिष जानकारी दिए। 

रास्वपाले प्रतिनिधिसभाको समानुपातिकतर्फ ५७ सिट पाएको छ। पार्टीले पाएको ५७ सिटमा ४८ महिला र ९ पुरुषको नाम टुंगो लगाएको झाले बताए। 

नाम टुंग्याएको जनाए पनि रास्वपाले उनीहरूको नामवली भने सार्वजनिक गरेको छैन। 

खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको झाले बताए। 

सचिवालयले टुंगो लगाएको ५७ जनाको नामावली आजै निर्वाचन आयोगमा बुझाउने झाल बताए। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad