समाज


सुख्खा पहिरोले भेडेटार-रवि-राँके सडक अबरुद्ध

सुख्खा पहिरोले भेडेटार-रवि-राँके सडक अबरुद्ध

सुमन सुस्केरा
चैत १, २०८२ आइतबार १२:२९, विराटनगर

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिकै सुख्खा पहिरो खसेको छ।  

पहिरोका कारण निर्माणाधीन भेडेटार रवि राँके सडकखण्ड अवरुद्ध भएको छ। यो सडक खण्डमा पर्ने भेडेटार नाम्जेखण्डमा पहिरोको कारण विगत तीन दिनदेखि गाडी चल्न सकेका छैनन्र 

शुक्रबार बिहानदेखि थुम्कीमा सुख्खा पहिरो खस्न सुरु गरेको थियो। त्यहाँ अmभै पहिरो खस्न रोकिएको छैन। 

पहिरोका कारण अवरुद्ध सडक अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। रवि –राँके निर्माणाधीन सडक खण्डमा माथिबाट सुख्खा पहिरो निरन्तर खसिरहेको छ।

प्रहरी टोलीले निर्माण कार्य गरिरहेको भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रालि सँगको सहकार्यमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिरहेको भइरहे पनि पहिरो खसिरहँदा समस्या भएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ।

पहिरो गएको स्थान इलाका प्रहरी कार्यालय भेडेटारबाट करिब ३ किलोमिटर पूर्वतर्फ पर्छ।

पहिरो गएको स्थल भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडा भन्ने स्थान हो। स्थानीय सुनबहादुर मगरले करिब १०० मिटर क्षेत्रमा पहिरो लगातार झरिरहेको बताए।  

सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिका माथिल्लो क्षेत्र र पाँचथरको पश्चिमी भागका तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ। अहिले सडक अवरुद्ध भएपछि यात्रुहरू जङ्गलको बाटो हुँदै करिब आधा घण्टा हिँडेर नाम्जे निस्कने गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad