प्रारम्भिक बाल शिक्षा सुदृढ गर्ने महत्वपूर्ण कदमस्वरूप साउथवेस्टर्न स्कुलले एलसीसीआई ग्लोबल क्वालिफिकेसन्ससँग आधिकारिक रूपमा साझेदारी गर्दै अर्लि जिनियस स्कुलका रूपमा आबद्ध भएको छ। यससँगै स्कुलले अक्सफोर्ड एडभान्टेजद्वारा सञ्चालित अर्लि जिनियस प्रोग्राम लागू गर्ने भएको छ।
यो सहकार्यले गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिने स्कुलको प्रतिबद्धतामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ। अर्लि जिनियस प्रोग्रामले अन्तर्राष्ट्रिय स्तरका शैक्षिक स्रोतहरू तथा आधुनिक शिक्षण पद्धतिलाई समेट्दै प्रारम्भिक शिक्षाको महत्वपूर्ण चरणमा बलियो आधार निर्माण गर्न मद्दत गर्दछ।
कार्यक्रम लागू भएसँगै साउथवेस्टर्न स्कुलका विद्यार्थीहरूले जिज्ञासा, सिर्जनशीलता र स्वतन्त्र सोचलाई प्रोत्साहित गर्ने गतिशील सिकाइ वातावरणबाट लाभ उठाउनेछन्। यस पाठ्यक्रमले आलोचनात्मक सोच, बलियो अंग्रेजी भाषा दक्षता, आत्मविश्वास, प्रभावकारी सञ्चार क्षमता तथा समग्र व्यक्तित्व विकास जस्ता महत्वपूर्ण सीपहरूको विकासमा विशेष ध्यान दिन्छ, जुन अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डसँग अनुरूप छन्।
उल्लेखनीय रूपमा, साउथवेस्टर्न स्कुलले केही दिनअघि मात्रै एलसीसीआई ग्लोबल क्वालिफिकेसन्ससँग साझेदारी गर्दै क्याम्ब्रिज एसेसमेन्ट इंगलिस कार्यक्रम सञ्चालन गर्न सुरु गरेको थियो, जसअन्तर्गत स्कुल क्याम्ब्रिज इंगलिस एजुकेसनल पार्टनर बनेको छ। यस सहकार्यमार्फत स्कुलले आफ्ना विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त अंग्रेजी भाषा सिकाइ तथा मूल्यांकन प्रणाली प्रदान गर्नेछ।

साउथवेस्टर्न स्कुलका प्रिन्सिपल डा. रमेश अधिकारीले यी रणनीतिक सहकार्यहरूले विद्यार्थीहरूको सिकाइ अनुभवलाई अझ समृद्ध बनाउने र उनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धात्मक वातावरणमा सफल हुन आवश्यक सीप तथा दक्षताले सुसज्जित गर्ने विश्वास व्यक्त गरे।
एलसीसीआई ग्लोबल क्वालिफिकेशन्सका हेड अफ ल्यांग्वेज एन्ड एसेसमेन्ट्स प्रविन ठाकुरले साउथवेस्टर्न स्कुल समुदायको दूरदर्शी नेतृत्व र समर्पणप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले यस सहकार्यले शिक्षामा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र बालबालिकाहरूले उत्कृष्ट रूपमा विकास गर्न सक्ने पोषणयुक्त सिकाइ वातावरण निर्माण गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए।
साउथवेस्टर्न स्कुलले अन्तर्राष्ट्रिय सहकार्य तथा शैक्षिक कार्यक्रमहरू विस्तार गर्दै जाने क्रममा अर्लि जिनियस प्रोग्रामको सुरुवात भविष्य उन्मुख शिक्षा प्रदान गर्ने र भावी पुस्तालाई सशक्त बनाउने यसको निरन्तर प्रयासको महत्वपूर्ण उदाहरण बनेको छ।
Shares

प्रतिक्रिया