समाज


कञ्चनपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु, सनाखत हुन बाँकी

कञ्चनपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु, सनाखत हुन बाँकी

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १४:३३, काठमाडौँ

कञ्चनपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। 

महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिपले विपरीत दिशाबाट आइरहेको म.२ प ३५०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। 

‘दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ’, प्रहरी निरीक्षक थापाले भने, ‘मोटरसाइकल चालक र पछाडि सवारको मृत्यु भएको हो। उनीहरुको पहिचान खुल्न सकेको छैन्।’

प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad