राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले संविधान संशोधन गरेर हिन्दूराष्ट्र बनाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन गर्ने जनाएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै नेता थापाले प्रतिनिधि सभामा रास्वपालाई दुईतिहाईका लागि अपूग संख्या पुर्याउन राप्रपा तयार रहेको बताए। प्रतिनिधि सभामा रास्वपाका प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट पुग्ने आकलन छ। दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्छ।
थापाले भनेका छन्, ‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ। यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहनेछ।’
Shares

प्रतिक्रिया