समाज


जिपले च्यापेर चालकको मृत्यु

जिपले च्यापेर चालकको मृत्यु

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १६:४२, लमजुङ

जिपले च्यापेर यहाँको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ।

सोही गाउँपालिका–४ लामीडाँडामा ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए। 

उनका अनुसार आमा समूहको भवन नजिकै जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न खोज्दा जिप गुडेर पछाडिको भागले च्यापेर छाती र हातमा चोट लागेर घाइते भएका थिए।

तत्काल स्थानीयले उद्धार गरी सोही जिपमा बेँसीसहर नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल बेँसीसहरमा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad