समाज


प्रतिवेदनमा जेनजी आन्दोलनका दोषीलाई कारबाही सिफारिस गरेका छौँ: विज्ञानराज शर्मा

प्रतिवेदनमा जेनजी आन्दोलनका दोषीलाई कारबाही सिफारिस गरेका छौँ: विज्ञानराज शर्मा

नेपालखबर
फागुन २४, २०८२ आइतबार १३:१४, काठमाडौँ

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ। 

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर झण्डै १ हजार पृष्ठको प्रतिवेदन बुझाएको हो। 

प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले प्रतिवेदनमा जेनजी आन्दोलनका दोषीलाई कारबाहीको सिफारिस गरिएको बताए।

‘हामीले प्रतिवेदनमा दोषीलाई कारबाहीको सिफारिस गरेका छौँ, तर डिटेल कुरा अहिले भन्दिनँ,’ उनले भने, ‘हामीले प्रतिवेदन सरकारलाई बुझाएका छौँ। अब दोषीलाई आवश्यक कारबाही गर्नुपर्ने हो कि के गर्ने हो सरकारले गर्छ।’

उनले जेनजी आन्दोलनमा जसले गल्ती गरेको छ, उसलाई कारबाही हुने बताए। 

‘प्रतिवेदन कार्यान्वयन गर्ने र दोषीलाई कारबाही गर्ने या नगर्ने काम सरकारको हो,’ उनले भने। 

आठसयदेखि एक हजार पृष्ठको प्रतिवेदनमा धेरै अनुसूचीहरु छन्। ‘प्रतिवेदनमा मिहिन रुपमा भदौ २३ र २४ गतेको घटना समेटिएको छ,’ शर्माले भने। 

उनले प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी अभियोगमा कारबाहीको सिफारिस गरिएको संकेत गरे।

‘सरकारले सुरक्षा सेक्युरिटीमा कमजोरी गर्दा घटना भएको देखिन्छ,’ प्रतिवेदनमा समेटिएको विषयमा शर्माले भने,  ‘संसद भवन परिसरमा सुरुवाटै व्यारिकेटदेखिकै कमी कमजोरी भएको देखिन्छ।’

शर्माले यो प्रतिवेदन विगतको मल्लिक र रायमाझी आयोग जस्तो नहुने विश्वास पनि व्यक्त गरे। 

२ सय भन्दा धेरैलाई सोधपुछ, बयान कागज गरेको। साक्षी र पीडितको कुरा पनि समेटिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad