ad ad

समाज


सिरहामा घाँटी रेटेर हत्या, अनुसन्धान गर्दै प्रहरी

सिरहामा घाँटी रेटेर हत्या, अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ३:२४,

घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ। स्थानीय ४० वर्षीय मोहम्मद सरिफ मियाँको हत्या गरिएको अवस्थामा घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ।

हत्या गरिएको अवस्थामा फेला परेको मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए।

शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उनले बताए। हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन। घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र घटनाबारे थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .