प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सकिएको छ। बिहीबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय दिइएको थियो।
मतदान सकिएसँगै मतपत्र ढुवानी सुरु भएको छ।
निर्वाचन आयोगले देशभर ६० प्रतिशत मत खसेको जनाएको छ। यो अघिल्लो पटक भन्दा कम हो।
देशभरि कुल २३ हजार ११२ मतदान केन्द्र र १० हजार ९६७ मतदान स्थलहरू तोकिएका थिए।
जहाँ करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।
यसपटक निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए।
मतदान सकिएसँगै पतपेटिकाको ढुवानी भइरहेको छ। मुचुल्का गरी मतपेटिका संकलनको भइरहेको हो।
१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा केहीबेरमै मत पेटिका संकलन हुने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने आयोगको तयारी छ।
१० वटै क्षेत्रको मतगणना स्थल यसअघि नै तय भएर तारजाली लगाएर सीसीक्यामेरा जडान गरिसकिएको छ।




















Shares

प्रतिक्रिया