समाज


एकै दिन देशका १३ ठाउँमा भेटियो शंकास्पद वस्तु

एकै दिन देशका १३ ठाउँमा भेटियो शंकास्पद वस्तु

नेपालखबर
फागुन २०, २०८२ बुधबार १९:१७, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनको अघिल्लो दिन देशका १३ ठाउँमा शंकास्पद वस्तु भेटिएको छ भने एक ठाउँमा सुतली बम निष्क्रिय पारिएको छ। 

निर्वाचनका लागि नेपाल प्रहरीले बनाएको केन्द्रीय प्रहरी परिचालन कक्षका अनुसार, पर्साको वीरगञ्ज नगरपालिका-१६ ईनरुवा गाउँमा सुतली बम भेटिएको हो। सुतली बमलाई भने नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। 

सुतली बमसहित पर्साको वीरगञ्ज महानगरपालिका-१६ का १९ वर्षीय कृष्ण यादव, १९ वर्षीय रोहित पटेल र १९ वर्षीय अबजित यादवलाई प्रहरीले तत्कालै पक्राउ गरेको हो। 

बुधबार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ पञ्चमी, कास्कीको पोखरा महानगरपालिका-६ लेकराइड, सुर्खेतको भेरिगंगा नगरपालिका-१० राताचौर, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-२ को वडा एरिया र उदयरपुरको चौदण्डिगढ नगरपालिका-२ लाटीखोलाको पुल नजिक शंकास्पद वस्तु भेटिएको छ। 

यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका-१ रातो पुल, काठमाडौँको नागार्जुन नगरपालिका-२ तीनघरे, धनुषाको मिथिला नगरपालिका-९ स्थित पूर्व-पश्चिम राजमार्ग र सर्लाहीको बागमती नगरपालिका-११ हरिहर क्षेत्रस्थित बागमतीदेखि मरिण खोला जाने भित्रि सडकखण्डमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।

बुधबार नै बाग्लुङको गलकोट नगरपालिका-७ आगाखेतस्थित मध्यपहाडी लोकमार्गको छेउमा, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैना, मोरङको सुन्दरहरैचा नगरपालिका-१० पूर्व-पश्चिम राजमार्ग र ताप्लेजुङको ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-३ पञ्चमीमा शंकास्पद वस्तु भेटिएको हो। 

शंकास्पद वस्तुको भेटिएको ठाउँमा नेपाल प्रहरीसँगै नेपाली सेनाको टोली खटिएको थियो। सेनाको टोलीले निष्क्रिय पार्ने क्रममा शंकास्पद वस्तु राखिएको ठाउँमा विभिन्न सामान भेटिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad