ad ad

समाज


थप १३ जनामा कोरोना पुष्टि, आज एकैदिन २४ जना थपिए

थप १३ जनामा कोरोना पुष्टि, आज एकैदिन २४ जना थपिए

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १३:२१,

कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ।

यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परीक्षण गरिएकाे हाे।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेहरु कपिलवस्तुकाे यशाेधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु रुपन्देही समरीमाइ गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन्। यस्तै राजापुर बर्दियाकी ११ वर्षीया बालिकालाई पनि संक्रमण पुष्टि भएकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ।

याे पनि: रिपोर्ट नआउँदै हल्लाकै भरमा घर पठाइएका थिए सप्तरीका संक्रमित

सप्तरीका एक पुरुषमा कोरोना पुष्टि, आजै ११ जनामा देखियो, संक्रमितको संख्या १२१ पुग्यो

korona.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .