समाज


काठमाडौं विमानस्थलमा अलपत्र परेका यात्रुलाई निःशुल्क खानेबस्ने व्यवस्था

काठमाडौं विमानस्थलमा अलपत्र परेका यात्रुलाई निःशुल्क खानेबस्ने व्यवस्था

नेपालखबर
फागुन १७, २०८२ आइतबार १८:३९, काठमाडौँ

 

मध्यपूर्वमा बढ्दो तनावका कारण उडान रद्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुलाई लोकतान्त्रिक होटल व्यवसायी संघले खाना र बस्ने व्यवस्था मिलाउने भएको छ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था रहेको संघले मानवीय सेवाको उद्देश्य राख्दै विमानस्थलमा रोकिएका यात्रुलाई सहयोग गर्न लागेको हो। संघका अध्यक्ष लीलाप्रसाद ढकालका अनुसार विमानस्थलमा विचल्लीमा परेका स्वदेशी तथा विदेशी यात्रुलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो।

"अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्नु सबैको दायित्व हो," अध्यक्ष ढकालले भने, "पार्टी सभापति गगनकुमार थापाको निर्देशन र संघको सामाजिक उत्तरदायित्वअनुसार हामीले खाना र बस्नको व्यवस्था गरेका हौँ।"

मध्यपूर्वका देशहरूमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिले गर्दा कतिपय अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान स्थगित गरेका छन्। यसबाट विशेष गरी वैदेशिक रोजगारीमा जाने र फर्कने श्रमिकहरू बढी मर्कामा परेका छन्।

संघले समस्यामा परेका यात्रुहरूलाई संस्थाको सम्पर्क कार्यालय वा पदाधिकारीहरूसँग समन्वय गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad