प्रधानसेनापति अशोकराज सिग्देलले मध्य पृतनाको निरीक्षण भ्रमण गरेका छन्।
आइतबार हेटौँडास्थित पृतनाको भ्रमणमा पुगेका महारथी सिग्देलले निर्वाचन सुरक्षाको बारेमा जानकारी लिँदै आवश्यक निर्देशन समेत दिएका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
चुनावमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ठ ढंगले सम्पादन गर्न सिग्देलको निर्देशन छ।
सोही क्रममा प्रधानसेनापतिले प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेलका पदाधिकारीहरुसँग भेटघाट एवं अन्तरक्रिया समेत गरेका थिए।
यसअघि प्रधानसेनापति सिग्देलले पश्चिमका चारवटा पृतनाको निरीक्षण गरेका थिए।
72
Shares

प्रतिक्रिया