समाज


बिहारमा कोरोना क्वारेन्टिनमा जाँदै गरेका चिकित्सकमाथि आक्रमण

बिहारमा कोरोना क्वारेन्टिनमा जाँदै गरेका चिकित्सकमाथि आक्रमण

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ८:३५,

कोरोना भाइरस (कोभिड–१९) उपचारमा संलग्न चिकित्सक तथा ड्युटीमा खटिएका प्रहरीलाई सम्मान गर्नुपर्ने विषय सबैतिर चर्चामा छ। तर शनिबार भारत बिहारमा एउटा फरक दृश्य देखियो।

प्रहरी सुरक्षामा एम्बुलेन्सबाट चिकित्सक टोली कोरोना शंकामा क्वारेन्टिइनमा राखिएका आप्रवासीको स्वास्थ्य परीक्षणका लागि गएका थिए।

बिहारको समस्तीपुर, विभूतिपुरमा आप्रवासीका लागि क्वारेन्टिन रहेको छ। टोली त्यहाँ पुग्नैलाग्दा स्थानीय र प्रहरीबीच झडप भयो। स्थानीय बासिन्दाले विद्यालयमा क्वारेन्टिन बनाएको भन्दै प्रहरीमाथि आक्रमणमा उत्रिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

‘विवाद बढ्दै गएपछि स्थानीय बासिन्दाले चिकित्सक र पुलिस टोलीमाथि हमला गरे’, नवरभारत टाइम्स अनलाइनले लेखेको छ, ‘हमलामा ६ प्रहरी घाइते भए। पुलिस जीप र एम्बुलेन्स तोडफोड भएको छ।’

आइतबार स्थानीय प्रहरीका डिएसपीको नेतृत्वमा हमलाकारी व्यक्ति खोजी गर्न टोली परिचालन भएको छ। २ जना पक्राउ परेका छन्। क्वारेन्टिन भएको स्थानमा प्रहरीको पहरा बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad