समाज


कालीगण्डकीमा नुहाउने क्रममा बगाएर वृद्धाको मृत्यु

कालीगण्डकीमा नुहाउने क्रममा बगाएर वृद्धाको मृत्यु

नेपालखबर
फागुन ११, २०८२ सोमबार २१:५९, काठमाडौँ

पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ। 

मोदीवेणी धामामा बस्दै आएकी पर्वतको फलेवास नगरपालिका–९ भँगराकी ९७ वर्षीया वृद्धा सावित्री गिरीको मृत्यु भएको हो। आज कालीगण्डकी नुहाउन किनारमा पुगेकी वृद्धालाई नदीले बगाएको थियो। 

नदीले बगाएलगत्तै उद्धारमा खटिएको सशस्त्र प्रहरी बल २५ नम्बर हेडक्वाटर चण्डिका र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजी गर्दा झण्डै ४०० मिटर तल बगरमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। 

मृतक वृद्धाको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad