समाज


सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

नेपालखबर
फागुन १०, २०८२ आइतबार १७:६, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन सुरक्षा अनुगमनको लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) खटाउने निर्णय गरेको छ। 

उनीहरु आफ्नो कार्यक्षेत्रमा सोमबारदेखि खटिने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताए। एसएसपीहरूलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका हुन्। 

उनीहरुलाई भर्चुअल माध्यमबाट आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले  विशेष निर्देशन दिएका छन्। 

निर्वाचनको समय अगावै, निर्वाचको समय र निर्वाचन पश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन आईजीपी अर्यालले निर्देशन दिएका छन्। 

अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरु आईपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाता र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिएको प्रवक्ता भट्टले बताए।

निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामण्डरहरुसँग समन्वय, सबै उम्मेदवारहरुसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने कामबारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउन भनिएको छ। 

यस्तै निर्वाचन प्रहरीहरुलाई सभ्य र नम्र व्यवहार गर्न तथा उनीहरूको सेवा सुविधामा कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्य गर्न समेत आईजीपी अर्यालले भनेका छन्। 

सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्न समेत निर्देशन दिए।

निर्वाचन बिथोल्न खोज्नेहरुको पहिचाहन गरी सोही अनुसारको रणनीति बनाउन र कानून अनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमाण्डरहरुलाई स्पष्ट हुन समेत महानिरीक्षक अर्यालले भनेका छन्। 

सोमबारबाट देशका ७७ वटै जिल्लामा अनुगमनमा जाने वरिष्ठ अधिकृतहरुले फिल्ड र मुख्यालयबीच समन्वयात्मक भूमिका समेत निर्वाह गर्ने डीआईजी भट्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad