समाज


टोखाबाट दिउँसै ८१ लाखको सुनका गहना चोरी

टोखाबाट दिउँसै ८१ लाखको सुनका गहना चोरी

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार ९:३६, काठमाडौँ

टोखाबाट दिउँसै ८१ लाखको सुनका गरगहना चोरी भएको छ। 

प्रहरीका अनुसार टोखा नगरपालिका-३ साईबाबा चोकस्थित मेलमिलाप टोल बस्ने ५० वर्षीय उर्जेन लामाको घरबाट करिब ८१ लाख रूपैयाँ बराबरका सुनका गरगहना चोरी भएको छ। 

बुधबार दिउँसै गहना चोरी भएको भनेर प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ। 

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। 

गएको माघर तेस्रो साता पनि काठमाडौँको नागार्जुन नगरपालिकाको एक घरबाट एक करोड रुपैयाँ भन्दा बढीको सुनका गहना चोरी भएको थियो। 

दिउँसै घर फोडेर गहना चोरीमा संलग्न बबाँके घर भएका ३८ वर्षीय प्रेम चौधरीलाई दुई दिनपछि प्रहरीले गोली हानेर पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad