देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनुषा, सुनसरी, चितवन, नुवाकोट र कैलालीमा भएका सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको हो।
धनुषाको धनुषाधाम नगरपालिका-३ बालगंगा खोलामा मधेश प्र-०२- ००७ प ६९४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने २८ वर्षीय दिनेश साह र सोही ठाउँ बस्ने २५ वर्षीय भरोस शर्मा छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यसैगरी धनुषाको धनुषाधाम नगरपालिका-७ भगवानपुरमा ज-९ प १५२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३५ वर्षीय युवकको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक धनुषाकै सबैला नगरपालिका-१० अमरखाना बस्ने ३५ वर्षीय रामकुमार सदा छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको हिरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि कैलालीको कैलारी गाउँपालिका-१ मा भे.१ च ४२७५ नम्बरको गाडी र से. ५ प २७८२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कैलारी गाउँपालिका-५ बस्ने ३० वर्षीया ईप्सा चौधरी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनाको सोही अस्पतालमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी कैलालीकै गौरीगंगा नगरपालिका-४ राजिपुरमा सु.प.प्र.०१- ००१ क १७९९ नम्बरको क्रेनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका-४ बस्ने ७० वर्षीय श्रीधर खनाल छन्।
क्रेनको ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-६ गोल चोकस्थित सडकमा प्र.१.०२-००२ ख ०५९२ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री मोरङ सुन्दरहरैंचा नगरपालिका-५ बस्ने ४० वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि चितवनको भरतपुर महानगरपालिका-१ पुलचोकमा बा.प्र ०३००२ ख ३४२३ नम्बरको टेलरको ठक्करबाट पदैलयात्रीको मत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोटको पन्चकन्या गाउँपालिका-२ बस्ने ५५ वर्षीया दुर्गा कट्टेल छिन्।
ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया