राजनीति


कोरोना नियन्त्रण गर्न नसकेको भन्दै ओबामाले गरे ट्रम्पको यस्तो कडा आलोचना

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै ओबामाले गरे ट्रम्पको यस्तो कडा आलोचना

नेपालखबर
बैशाख २८, २०७७ आइतबार २:२४,

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएको गलत रणनीतिका कारण देशमा कोेरोना महामारी भयावह बनेको आरोप लगाएका छन्।

अमेरिकी सञ्चार संस्था सीएनएनका अनुसार आफ्ना पूर्वकर्मचारी तथा सहयोगीसँगको निजी कन्फ्रेन्स कलमा ओबामाको ट्रम्प प्रशासनले महामारीका बेला पनि आफ्नो स्वार्थ मात्र हेर्दा यो स्थिति आएको आरोप लगाएका हुन्।

ओबामाले भनेका छन्, ‘सरकारले राम्रो काम गर्दागर्दै पनि कोरोना महामारी भयानक नै हुने खालको हो तर अहिलेको प्रशासनले गरेको प्रयास पर्याप्त नहुँदा यो झन् खराब बनेको हो।’

त्यस क्रममा ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा आफूले जो बाइडेनका पक्षमा सशक्त भूमिका निर्वाह गर्न चाहेको पनि बताएका छन्। उनले यसअघि नै राष्ट्रपतिको उम्मेदवारमा बाइडेनलाई समर्थन रहेको घोषणा गरिसकेका छन्। बाइडेन ओबामा कार्यकालमा उपराष्ट्रपति थिए।

आइतबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार अमेरिकामा काेराेनाबाट ८० हजार ३७ जनाकाे मृत्यु भइसकेकाे छ। त्यहाँ संक्रमितको संख्या १३ लाख ४७ हजार नाघेकाे वर्ल्डओमिटरले जनाएकाे छ। 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad