समाज


दुई मोटरसाइकल ठोकिँदा १ चालकको मत्यु, ३ जना घाइते

दुई मोटरसाइकल ठोकिँदा १ चालकको मत्यु, ३ जना घाइते

नेपालखबर
फागुन ३, २०८२ आइतबार १२:०, काठमाडौँ

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

कपिलवस्तुको कपिलवस्तुमा दुई मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

कपिलवस्तु नगरपालिका-४ स्थित सडकमा लु.२५ प ५७५९ नम्बरको मोटरसाइकल र लु.३३ प ६७८६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा  १८ वर्षीय युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा लु.३३ प ६७८६ नम्बरको मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका-४ पिपरी बस्ने १८ वर्षीय सोनु कोरी छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका लु.३३ प ६७८६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सीटी अस्पताल भैरहवा र लु.२५ प ५७५९ नम्बरको मोटरसाइकल चालकको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरि धनुषाको मिथिला नगरपालिका-१० लालगढमा टिपरले मोटरसाइकललाई ठककर दिँदा २७ वर्षीय युवकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रदेश २-०२-००१ ख ३३९९ नम्बरको टिपरले मधेश प्रदेश ०२-००८ प ०४६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा धनुषाकै गणेशमान चारनाथ नगरपालिका-४ बिरेन्द्रबजार बस्ने २७ वर्षीय अजय बिश्वकर्मा छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढ धनुषामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि मकवानपुरको हेटौँडामा राेकिएको ट्रकको पछाडि मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ। 

हेटौँडा उपमहानगरपालिका-५ पिप्लेस्थित सडकमा रोकी राखेको ना-५ ख १८६१ नम्बरको ट्रकमा ना-२९ प ७०७२ नम्बरको मोटरसाइकल ठोकिँदा युवकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका-५ ढुङ्गेधारा बस्ने ३६ वर्षीय सुवास थिङ छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad