समाज


पशुपति जाँदा गरगहना नलगाउनू: प्रहरी

पशुपति जाँदा गरगहना नलगाउनू: प्रहरी

नेपालखबर
फागुन ३, २०८२ आइतबार ५:५९, काठमाडौँ

काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गरगहना लगाएर नआउनेसहित विभिन्न १३ बुँदे अनुरोध जारी गरिएको जानकारी दिए।

उनका अनुसार चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरिएको हो।

मन्दिरमा झोला नल्याउन, पशुपति क्षेत्रको मापदण्ड बमोजिम प्लास्टिकका झोला, कप, प्लेटलगायत सामग्रीको प्रयोग निषेध गरिएकाले निषेधित सामानको प्रयोग नगर्न, दूध, गङ्गाजललगायत सामाग्रीका लागि फुट्ने कांँच (सिसा)का भाँडा प्रयोग नगर्न पनि अनुराधे गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए।

प्रहरीले भक्तजनको सुविधाका लागि तोकिएको कक्षमा जुत्ताचप्पल (दर्शन मार्ग अनुसार छुट्टाछुट्टै स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था) राखेर मात्र मन्दिर प्रवेश गर्न, पशुपतिनाथको दर्शन गरिसकेपछि छिटोभन्दा छिटो मन्दिर परिसर बाहिर निस्किनु भई घुइँचो हुन नदिनका लागि आवश्यक सहयोग र समन्वय गर्न पनि अनुरोध गरेको छ।

त्यस्तै पशुपतिनाथ मन्दिर प्राङ्गणमा सबै प्रकारका मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको तथा छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटी लगाएर मन्दिरमा प्रवेश निषेध भएकाले त्यस्ता सामान तोकिएको सुरक्षित स्थानमा राखेर मात्र दर्शन गर्न पनि भनिएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad