सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ९ बाट सशस्त्र प्रहरी टोलीले करीब एक लाख ४० हजार रुपैयाँ बराबरको एक सय ४० क्यूफिट मसलाको काठ बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सागरनाथबाट खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो। ना १ त ५१२० नम्बरको ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त काठ तथा काठ ल्याउन प्रयोग भएको सो ट्रयाक्टरसमेत बरामद गरिएको हो। बरामद काठ तथा ट्रयाक्टर स्थानीय वन कार्यालयमा बुझाइएको छ।
गाँजा बरामद
धनुषा जिल्लाको विदेह नगरपालिका ५ एकराहीबाट एपीएफ टोलीले करीब २० केजी ७ सय ग्राम गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो।
एकराही सरापे भित्री सडकखण्डमा पैदल हिडिरहेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडेर भागेपछि सो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीबलले जनाएको छ।
प्रतिक्रिया