समाज


प्रधान सेनापतिद्वारा महाशिवरात्रि तथा सेना दिवसको अन्तिम पूर्वाभ्यास निरीक्षण (तस्बिर)

प्रधान सेनापतिद्वारा महाशिवरात्रि तथा सेना दिवसको अन्तिम पूर्वाभ्यास निरीक्षण (तस्बिर)

नेपालखबर
माघ २९, २०८२ बिहिबार १६:४३, काठमाडौँ

नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज (माघ २९ गते) प्रधान सेनापति अशोक राज सिग्देलले सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवस(२०८२ को अन्तिम पूर्वाभ्यास कार्यक्रमको निरीक्षण गरेका छन्।

कार्यक्रममा प्रधान सेनापतिले श्री नं. १ विपद् व्यवस्थापन गण, श्री नं. २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान र केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम र द्वितीय हुने क्रमशः श्री उपत्यका पृतना र श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गरेका छन्। 

सो अवसरमा उनले प्रधान सेनापति ब्यानर प्रतियोगिता २०८२ मा युद्धक गण, युद्ध मद्धती गण र युद्धक गुल्मतर्फ प्रथम हुने क्रमशः श्री नयाँ श्रीनाथ गण, श्री त्रिनेत्रदल गण र श्री ईन्द्रदल गुल्म लगायत उक्त प्रतियोगिताको विभिन्न विधाहरूमा प्रथम हुने युनिटहरूलाई पुरस्कृत गरे। 

प्रधान सेनापति सिग्देलले प्रकृति संरक्षण ट्रफि प्रतियोगिता–२०८२ अन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री नयाँ गोरख गण र शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री संग्राम शार्दूल गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा पुरस्कार प्रदान गरे।  

प्रधान सेनापतिले सेना दिवस–२०८२ को उपलक्ष्यमा प्रधान सेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान, मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकहरुलाई दर्ज्यानी चिह्न प्रदान गरे। 

साथै, अवकाश पश्चात् पनि विभिन्न तवरबाट समाजमा पुर्‍याएको योगदानको कदर स्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत पुरस्कृत गरेका थिए। 

सेना दिवस–२०८२ हरेक वर्ष सरह यही फागुन ३ गते महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad