समाज


तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

नेपालखबर
माघ २७, २०८२ मंगलबार १५:१२, काठमाडौँ

रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस चालकको मन्थलीमै उपचार भइरहेको छ। गम्भीर घाइते ७ जनालाई उपचारका लागि धुलीखेल र काठमाडौँ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए।

रिफर गरिएकामध्ये ६ जनालाई धुलीखेल अस्पताल लगिने र एक जनालाई काठमाडौँ ल्याइने प्रजिअ थापाले जानकारी दिए।

मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका ६ त्रिवेणीघाट नजिकैबाट तामाकोसीमा खसेको थियो। 

ती मध्ये केहीको घटनास्थलमै र केहीको मन्थली अस्पतालमा मृत्यु भएको हो। बस मन्थली हुँदै ओखलढुंगाको पोल्थलीतर्फ जाँदै थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad