राजनीति


राजेन्द्र महतोले ल्याए चुनावी घोषणापत्र, संविधानको पूर्ण संशोधन गर्ने प्रतिबद्धता (पूर्णपाठ)

राजेन्द्र महतोले ल्याए चुनावी घोषणापत्र, संविधानको पूर्ण संशोधन गर्ने प्रतिबद्धता (पूर्णपाठ)

नेपालखबर
माघ २७, २०८२ मंगलबार १५:२३, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनका लागि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनावी घोषणापत्र ल्याएको छ। 

मुक्ति पार्टीका अध्यक्ष महतोले मंगलबार केन्द्रीय कार्यालयमा कार्यक्रमको आयोजना गरी घोषणापत्र सार्वजनिक गरेका छन्। चुनावी घोषणापत्रमा संविधान पुनर्लेखन र प्रदेशको पुनर्संरचनालाई प्राथमिकतामा राखिएको छ। 

मुक्ति पार्टीको घोषणापत्रमा भनिएको छ, ‘संविधानको पूर्ण संशोधन गरी बहुलराष्ट्रिय लोकतन्त्र स्थापना गर्ने, जहाँ सबै राष्ट्र÷समुदायलाई आत्मनिर्णय, स्वायत्तता एवं समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुनेछ।’

सबै क्षेत्रलाई स्वशासन र आत्मनिर्णयको अधिकार प्रदान गर्ने मुक्ति पार्टीले प्रतिबद्धता जनाएको छ। ‘सबै आदिवासी, जनजाति, मधेसी, पिछडा वर्ग, दलित, पिछडिएका क्षेत्रलाई स्वशासन र आत्मनिर्णयको अधिकार प्रदान गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘प्रत्येक सांस्कृतिक राष्ट्रको पहिचान, भाषा, धर्म र परम्परालाई संवैधानिक संरक्षण दिने।’

त्यस्तै, दुई वर्षभित्रै प्रदेशको पुनर्संरचना गर्ने पनि मुक्ति पार्टीको घोषणापत्रमा उल्लेख छ। ‘पहिचानमा आधारित संघीयताको कार्यान्वयन गर्न प्रादेशिक संरचनाको सिमांकन र नामांकनमा पुनरावलोकन गर्दै पुनर्संरचना गर्ने र प्रत्येक राष्ट्रियताको आत्मनिर्णयको अधिकारको ग्यारेन्टी गर्न पहिल गरिने,’ घोषणापत्रमा भनिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad