समाज


२४ माघ: वृष र कर्कटमा जोश, जाँगर बढ्ने, मिथुनमा हेलचेक्र्याइँ, तपाईँको दिन कस्तो?

२४ माघ: वृष र कर्कटमा जोश, जाँगर बढ्ने, मिथुनमा हेलचेक्र्याइँ, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
माघ २४, २०८२ शनिबार ४:४२, काठमाडौँ

आज शनिबार, २४ माघ २०८२ (७ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: नयाँ रोजगारको अवसर मिल्नेछ। नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। घर परिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन लाभ हुने सम्भावना छ। कसैकसैका लागि सन्तान प्राप्तिको योग देखिन्छ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृष: जोश, जाँगर र उमङ्ग बढ्नेछ। प्रतिष्ठित काममार्फत अवसर प्राप्त हुन सक्छ। पुनर्मिलनको योग रहेको छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। सेयर बजारमा अन्योल देखिन सक्छ। कलहको योग भएकाले बोलीचालीमा सतर्क रहनुहोला। साँझतिर नजिकको मित्रसँग भेटघाट हुन सक्छ।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह बढ्नेछ। मान–प्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम र दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ। रमणीय तथा धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: मन प्रसन्न रहनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। मनोरञ्जन तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्ने सम्भावना छ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्यांक ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: सही समयमा निर्णय लिन सकिनेछ। पुनर्मिलनको योग रहेको छ। इच्छाशक्तिले लक्ष्यमा पुर्‍याउन सहयोग गर्नेछ। तर साथीहरूको प्रभावबाट अलमलिन सक्ने सम्भावना छ।

भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

तुला: अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ। निर्णय क्षमतामा कमी आउन सक्छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ। साँझतिर खर्च बढ्न सक्छ।

भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङ प्रयोग नगर्ने।

वृश्चिक: सहयोगी हातहरू अघि बढ्नेछन्। प्रेम र दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ। परिश्रमबाट धनार्जन हुनेछ। व्यवसायिक कार्यमा प्रगति हुने सम्भावना छ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ आकासे र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्को स्मरण गरेर काम सुरु गर्ने। निलो रङ प्रयोग नगर्ने।

धनु: पार्टी, सेमिनार वा धार्मिक कार्यक्रममा सहभागी हुने योग छ। बोली बिक्ने समय छ। प्रेम सम्बन्धमा मधुरता कायम रहनेछ।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्यांक ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर: दैनिक कार्यमा प्रगति हुनेछ। भाग्यले साथ दिनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सम्मान तथा सहयोग प्राप्त हुनेछ। आहारविहारमा भने ध्यान दिनुपर्ने देखिन्छ।

भाग्यशाली रङ सेतो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङ प्रयोग नगर्ने।

कुम्भ: आलस्य र थकानको अनुभूति हुन सक्छ। यात्रामा सचेत रहनुपर्नेछ। अनावश्यक काममा समय खर्च नगर्नु राम्रो हुनेछ। धार्मिक वा दार्शनिक पुस्तक अध्ययन लाभदायक हुनेछ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मीन: रमणीय यात्राको योग छ। आँटेको काम पूरा हुनेछ। आदर्श व्यक्तिसँग सहकार्यबाट नयाँ अनुभव मिल्नेछ। प्रेम सम्बन्धका लागि अनुकूल समय छ। टाढिएका मित्रसँग पुनः भेट हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad