समाज


प्रसिद्ध पत्रिका वासिङ्टन पोस्टले हटायो एकै पटक ३०० पत्रकार

प्रसिद्ध पत्रिका वासिङ्टन पोस्टले हटायो एकै पटक ३०० पत्रकार

नेपालखबर
माघ २२, २०८२ बिहिबार १०:४६, काठमाडौँ

विश्व प्रसिद्ध अमेरिकी दैनिक पत्रिका वासिङ्टन पोस्टले एकै पटक ३०० भन्दा बढी पत्रकारलाई हटाएको छ। कम्पनीले करिब ३० प्रतिशत कर्मचारी हटाउँदा ३ सय पत्रकार परेका हुन्।

अमेरिकाको राजधानी वासिङ्टन डिसी मुख्यालय भएको पोस्ट अम्याजन डट कमका मालिक एवं विश्वका सबैभन्दा धनीमध्ये तेस्रो स्थानका जेफ बेजोसको पत्रिका हो। इन्टरनेटमा सामान बेचेर धनाढ्य बनेका बेजोसले मिडियाका लागि उत्कृष्ट सामाग्री सिर्जना गर्न नसकेको र फाइदा कमाउन नसकेको संकेत यो छँटनीले दिएको छ।

उनको स्वामित्वको पहिलो आठ वर्षमा अखबार विस्तार भएको थियो। पछिल्ला वर्षमा भने सबैतिरबाट घाटामा गएको थियो। पोष्टका कार्यकारी सम्पादक मेट मरेले सामाग्रीहरू अब राष्ट्रिय समाचार, व्यवसाय र स्वास्थ्यमा केन्द्रित हुने बताए। 

मरेले इमेलमार्फत सहकर्मीलाइ भनेका छन्, 'एउटा फरक युगमा पोस्ट मान्छेको मनमा बसेको थियो। ठूलो जरा गाडेर बसेको थियो। अनलाइन केन्द्रित ट्राफिक आंशिक जेनेरेटिभ एआई विस्तारका कारण विगत तीन वर्षमा झन्डै आधाले घटेको छ।'

न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले भनेका छन्, 'यो नै हाम्रो न्यूजरूमको अन्तिम स्वरूप हुने अपेक्षा छैन।' परिवर्तन पछि पोष्टले पत्रकारितालाइ 'असरदार बनाउँदै फरक पार्ने' अपेक्षा उनको छ। पोस्टको खेलकुद डेस्क बन्द भएको छ। यसका केही रिपोर्टरहरू फिचर लेख्ने संस्कृति डेस्कतर्फ सारिएका छन्। पुस्तक र दैनिक पोष्ट पडकास्ट बन्द भएका छन्। 

भारत, खाडी  र अष्ट्रेलियामा रिपोर्टर र सम्पादकहरूलाई हटाइएको छ। कार्यकारी सम्पादक मरेले पत्रकार छँटनीको जिम्मेवारी लिए। कम्पनीले लामो समय अनुसन्धान गरेर आफ्नो टोलीसँग मिलेर तयार पारेको  योजनाअनुसार छँटनी भएको बताए। 

पत्रकारहरूका अनुसार छँटनीको योजनामा विभागीय  सम्पादक पिटर फिनलाइ संलग्न हुन भनिएको थियो। छँटनीको दायरा थाहा पाएपछि उनले योजनामा संलग्न हुनुभन्दा आफूलाई नै हटाइदिन अनुरोध गरेका थिए। 

बेजोसले २०२३ को अन्त्यमा विल लुइसलाई पोस्टलाइ फाइदामा लैजाने बाटो प्रकाशकको रूपमा नियुक्त गरेका थिए। त्यतिबेला पनि पोष्टका छापा तथा डिजिटल ग्राहक घटिरहेका थिए। उनले कम्पनीलाई रूपान्तरण गर्न परिवर्तनका धेरै प्रयोग गरे, सफल भएनन्।

पत्रकारितामा वासिङ्टन पोष्ट धेरै विषयका लागि मानक मानिन्छ। पत्रकार बब वुडवर्ड र कार्ल बर्नस्टेनले निरन्तर गरेको अनुसन्धानमूलक रिपोर्टिंगका कारण राष्ट्रपति रिचर्ड निक्सन सन् १९७४ मा राजीनामा दिन बाध्य भएका थिए। विश्व प्रसिद्ध पुलिट्जर पुरस्कार पाएका केही पत्रकार पोष्टसँग अहिले पनि काम गरिरहेका थिए।

'यो अमेरिकी पत्रकारिता, वासिङ्टन शहर र समग्र देशका लागि दुःखद दिन हो,' पोस्टका मुख्य अर्थ सम्पाद जेफ स्टेनले भने जो बुधबार हटाइएकाहरूमा थिएनन्।

'म रिपोर्टरका लागि शोक गरिरहेको छु जसलाई म माया गर्छु, जसको कामले पेशाको गरिमा, सबैभन्दा सत्य र महान बनाइरह्यो,' उनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, 'उनीहरूलाई आफूले नगरेको गल्तीको सजाय पाएका छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad