समाज


काठमाडौँमा आज : न्यूनतम तापक्रम घट्यो, अधिकतम तापक्रम बढ्यो

काठमाडौँमा आज : न्यूनतम तापक्रम घट्यो, अधिकतम तापक्रम बढ्यो

नेपालखबर
माघ १५, २०८२ बिहिबार २०:५६, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (बिहीबार) अघिल्लो दिनको तुनलामा न्यूनतम तापक्रम घटेको छ भने अधिकतम तापक्रम बढेको छ।

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस छ।

हिजो (बुधबार) काठमाडौँमा ती तापक्रम क्रमश: ७.५ र १५.८ डिग्री सेल्सियस थिए। जसअनुसार हिजोभन्दा आज काठमाडौँमा न्यूनतम १.३ डिग्री घटेको छ भने अधिकतम तापक्रम २.४ डिग्री सेल्सियस बढेको छ। 

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।

यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

हेर्नुहोस् देशभरको तापक्रम विवरण

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad