समाज


कोशी अस्पतालमा रहेका थप ८ जना काेराेना संक्रमित निको भए, शुक्रबार डिस्चार्ज हुने

कोशी अस्पतालमा रहेका थप ८ जना काेराेना संक्रमित निको भए, शुक्रबार डिस्चार्ज हुने

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १३:१०,

कोरोना संक्रमण पुष्टि भई विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना निकाे भएका छन्।

उनीहरुलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले नेपालखबरलाई बताए।

‘दोस्रो पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो,’ सुवेदीले जानकारी दिए।

उनीहरुलाई उदयपुरको भुल्केमा संक्रमित परीक्षण गर्दा संक्रमित भएको पाइएपछि उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो।

सोहि अस्पतालबाट बुधबार अरु ६ जना निको भई डिस्चार्ज भएका थिए।

हाल कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन्। शुक्रबार ८ जना डिस्चार्ज भएपछि १७ जना बाँकी रहने छन्, सुवेदीले बताए। उनिहरु सबैको अवस्था सामान्य रहेको छ।

प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ पुगेको थियो।

उनका अनुसार प्रदेश १ मा पीसीआर बिधिबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ।

देशभर संक्रमितको संख्या ९९ पुगेको छ। तीमध्ये ३० जना निको भएकोमा तीनजनामा पुनः संक्रमण देखिएपछि अस्पतालमा फेरि उपचार जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .