जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना देखिएको जानकारी गराउँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ।
महाशाखाले आज (सोमबार) साँझ जारी गरेको बुलेटिनअनुसार मंगलबार र बुधबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना छ।
यस्तै ती २ दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
यसैगरी मंगलबार र बुधबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा मेघगर्जन/चट्याङसहितको वर्षाको समेत सम्भावना छ।
सचेत गराउँदै मौसम महााखाले अगाडि भनेको छ, ‘सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’
भिडिओ-
Shares

प्रतिक्रिया